एजेन्सी/ युएईमा एयरपोर्टभित्र आँप चोरी गरेको आरोपमा एक भारतीय कामदारलाई अदालतले देश निकालाको आदेश दिएको छ । साथै उनलाई ५ हजार दिराम जरिवाना गरिएको छ ।

गत वर्ष एयरपोर्टभित्र काम गर्ने २७ वर्षीय भारतीय युवकले यात्रुको झोलाबाट दुईवटा आँप झिकेको भन्दै मुद्दा परेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर अभियुक्त युवकलाई १५ दिनभित्र आफूविरुद्धको फैसला चित्त नबुझेको खण्डमा पुनरावेदन गर्ने छुट छ ।