दमक/ लायन्स क्लव अफ दमक गोल्डका अध्यक्ष काशि खातीले आफ्नो जन्मदिनको अवसर पारेर क्लवको तर्फबाट एक मुटुका विरामी वालक तथा उनको परिवारलाइ सहयोग गरेकाछन् ।
झापाको दमक ९ मा डेरा गरेर बस्ने डम्बरबहादुर विश्वकर्माका ९ बर्षिय छोराको मुटुमा प्वाल रहेको र अस्पताल आउनजान समेत खर्च नभएको बुझेपछि खातीले शुक्रबार भाडाका लागि नगद ५ हजार प्रदान गरेकाहुन् । उनले परिवारको नै स्वास्थ्य जाँचमा सहयोग पुगोस भनेर ३५ सय रुपिया तिरिदिएर स्वास्थ्य बिमा समेत गराइदिएकाछन् ।
बाबु डम्बरबहादुर पनि मुटुको विरामी रहेकाछन् । आमा परिवार पाल्नका लागि बैदेशिक रोजगारमा रहेको र त्यहाँ पैसा नकमिएपछि घर फर्कन लागेको बताईएको छ । विश्वकर्मा परिवार ५ जनाको रहेको आर्थिक अभावले निक्कै कष्ठप्रद जीवन यापन गरिरहेको पाएको लायन्सकर्मी नविन ताम्राकारले बताए ।











