मुना न्यौपाने

काठमाडौँ, १२ असोज । विश्व पर्यटनक दिवस र वडादशैँको अवसरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । का.म.पा. वडा नं. ७ को अगुवाईमा स्थानीय संघसंस्थाहरूको सहभागिता सो कार्यक्रम गत शनिवार विहान ८:०० बजेदेखि गौरीघाटचोकबाट सुरु भई उमाकुण्ड मैजुबहाल हुँदै पुनः गौरीघाटचोकमा पुगी बिसर्जन भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा गौरी युवा समूहको आयोजना तथा नवजागरुक युवा क्लब, गौरीमातृ समूह, जापानी सूचना केन्द्र, नेपाल, नेपाल प्रहरी गौरीघाट वृत्त, उमाकुण्ड टोलसुधार समिति लगायत संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

काठमाडौँ महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोलले फोहरलाई यत्रतत्र सडक किरानमा फाल्नुभन्दा फोहरलाई व्यवस्थापन गर्न सकिएको खण्डमा दुर्गन्ध र रोगबाट समेत बच्न सकिने भएकाकारण वडावासी सबैलाई आफ्नो घर, पसल, होटलहरूबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न आव्हान गर्नुभयो । साथै उहाँले विश्वसम्पदासूचीमा पर्ने पशुपतिनाथ र बौद्धनाथ जाने मार्ग समेत यसै वडामा पर्ने भएकोले फोहर व्यवस्थापनमा हामी सजक र चासो हुनुपर्नेमा जोड दिनुभयो ।

सरसफाई कार्यक्रमका क्रममा माइकिङ्ग तथा स्थानीयबासीहरूलाई समेत वृहत् सरसफाई कार्यक्रममा सरिक हुन र हाम्रो घर,आँगनको फोहरलाई सामुहिक भई अन्य समयमा समेत व्यवस्थान गर्न अनुरोध समेत गरिएको थियो ।