दमक/ लायन्स क्लव अफ लखनपुरले विजयदशमीको अवसरमा शुभकामना आदानप्रदान तथा फेलोशिप कार्यक्रम सम्पन्न गरेको छ । दशैको शुरुवाती दिन आइतवार साँझ कमल गाँउपालिकाको फुलवारी रिर्सोटमा एक कार्यक्रमबीच लायन्सकर्मीहरुबीच शुभकामना सहितको फेलोशिप कार्यक्रमको आयोजना गरेको हो ।
लायन्सका लिडर बबरजंग थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यस क्षेत्रका लायन्स लिडरहरु र क्लवका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
लायन्स लिडरहरु अजय अग्रवाल, रामचन्द्र बराल, धर्मानन्द भट्टराइ लगायतले शुभकामना दिदै क्लवले रचानत्मक काम गरोस भन्ने शुभकामना दिएका थिए । सो अवसरमा क्याविनेट बैठक भारतको सिलगुढीमा हुने अग्रवालले जानकारी गराएका थिए ।
क्लवका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा सहभागिहरुलाइ निवर्तमान अध्यक्ष प्रमोद दाहालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रको सञ्चालन लायन्स रामचन्द्र मिश्रले गरेका थिए ।










