बिष्णुप्रसाद पोखरेल
दमक/उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार निर्वाचन सम्बन्धी तयारी पर्याप्त नभएको भनी गरिएको ट्वीटको बिषयले हलचल मच्चिएको छ । निर्वाचन आयोगले मंगलवार बिहानै बिज्ञप्ति निकालेर त्यस बिषयमा ध्यानकर्षण भएको समेत बताएको छ ।

स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न÷गराउन आयोग पूर्णरुपमा प्रतिबद्ध रहेको र सो अनुसारको तयारी समेत गरिरहेको अवस्थामा गृहमन्त्री निधिको ट्वीटले निर्वाचन आयोगको कामकारवाही प्रति आमजनमानसमा द्विविधा उत्पन्न भएकोले ट्वीट मार्फत् व्यक्त भएको अभिव्यक्तिप्रति आयोग आश्चर्य चकित भएको बिज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनसँग सम्बन्धित ऐनहरुको निर्माण पश्चात् आयोगबाट नियमावलीहरु तथा निर्देशिकाहरुको तर्जुमा गरिसकिएको तथा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताको अन्तिम मतदाता नामावली तयार गरी आयोगको वेबसाइट समेतमा राखि सकिएको आयोगले जनाएको छ । मतदाता परिचय–पत्र छपाई गर्ने कार्य अन्तिम चरणमा रहेको तथा निर्वाचनका लागि आवश्यक पर्ने १ करोड ६० लाख थान मतपत्र जनक शिक्षा समाग्री केन्द्रबाट छपाई भईरहेको र आगामी बैशाख ७ गते भित्र सम्पूर्ण मतपत्रको छपाई कार्य पूरा हुने अवस्थामा रहेको भनिएको छ ।

विभिन्न प्रकारका निर्वाचन सामग्रीहरु जिल्लाहरुमा पठाउने कार्य सोमार देखि शुरु भईसकेको, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई दिईने अभिमुखीकरण तालीम विभिन्न सात ठाउँमा सम्पन्न गरी ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेको अवस्थामा गृहमन्त्रिबाट त्यस्तो अभिब्यक्ति आएको प्रति आयोगको ध्यानकर्षण भएको जनाईएको छ ।

निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने÷गराउने दायित्व र जिम्मेवारी नेपाल सरकारको भएको र सो सम्बन्धमा नेपाल सरकारबाट आयोगलाई पटक पटक आश्वस्त पारेको व्यहोरा आयोग स्मरण गराउदै निर्वाचनको बिषयमा भ्रम नर्छन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah