झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् ।  शारिरीक सुगठनका उमेश राईले बर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल जितेका छन् । उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारिरीक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसियन च्याम्पियन हुन् ।

स्पोर्टस् अवार्डको बर्ष उत्कृष्ट खेलाडी महिलातर्फको अवार्ड झापाकी कराते खेलाडी एस्तर राईले जितिन । एकेएफ केडेट च्याम्पियन राईले मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिवलकी बिनिता बुढाथोकीलाई पछि पारिन । बर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता राईले एक थान स्कुटर प्राप्त गरिन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी बर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । मेचीनगरकी बेगमले मनोनयनमा परेका फुटबलर छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन । युवा बर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपैया“ प्राप्त गरिन ।

बर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जिते । उनले बक्सिङका डम्बर लिम्बू र करा“तेका प्रशिक्षक योगेश राईलाई अछाडि पारे । खड्काले नगद २५ हजार रुपैया“ हात पारे । पिपुल्स च्वाइ“जको अवार्ड फुटबलर कर्ण लिम्बूले जिते । उनले नगद २५ हजार रुपैया“ प्राप्त गरे ।

लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिवलका गणेश विक्रम नेम्वाङले प्राप्त गरे । उनले नगद ३५ हजार रुपैया“ प्राप्त गरे । ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड पछिल्लो तीन बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको आयोजक सचिब अर्जुन राजवंशीले बताए ।