दमक नगरपालिका वडा नम्बर ४ मा रहेको रत्न वृद्धा आश्रमलाई लायन्स क्लब अफ दमक इस्टर्न लाइनले १ सय तिन दिन खाधान्न सहयोग गर्ने भएको छ आज बाट सुरु गरेको उक्त कार्यक्रम १०३ दिन सम्म निरन्तरता दिने भएको छ ।  निजी क्षेत्रबाट सञ्चालित वृद्ध आश्रममा रहेका वृद्धवृद्धालाई १ सय तिन दिन खाधान्न सहयोग गर्ने लायन्स क्लब अफ दमक इस्टर्न लाइन अध्यक्ष तुलसी राम तिम्सिनाले जानकारी दिनु भयो ।

दमकको लिओ क्लब अफ दमक ईस्टर लाइनका अध्यक्ष संजय थापाले भाविस्यमा सस्थाले यस्ता विभिन्न कार्य गर्ने समेत जानकारी गाराए ।

चामल लगायतका विभिन्न खाधान्न सामग्रीहरु सहयोग गरेको थियो । आश्रममा ७ जना वृद्धवृद्धा छन् ।

उक्त कार्यक्रममा एरिया कोर्डिनेटर प्रहर क्षेत्री, रिजन चेयर पर्सन राम चन्द्र बराल सहित जोन चेयर पर्सन पवन अधिकारी को पनि उपस्थिति रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर