हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडा दशै शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज दमक पब्लिक लाइब्रेरीको सभाहलमा दशै तिहार विशेष शुभकामना आदानप्रदान गरिएको छ । उक्त शुभकामना आदानप्रदान कार्यक्रममा प्रकाश अधिकारीले कार्यक्रम सन्चालन गर्नु भएको थियो।भेषराज न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दमक नगरपालिका कि उपमेयर गीता अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।दमक पब्लिक लाइब्रेरी युथ टिम पुर्व अध्यक्ष दधिराम ढकालले शुभकामना मन्तव्य राख्दै दशै तिहार जस्ता महान पर्व मा अनावश्यक रुपमा अरु कुरामा खर्च गर्नु भन्दा किताबहरु किनेर पठन सस्कृतिको बिकासमा सबैलाई लाग्न अनुरोध गर्नु भएको थियो।कार्यक्रममा रोटरी क्लब दमकका अध्यक्ष सन्दिप चापागाईं,जेसिस अध्यक्ष भिम केसि ,लायन्स क्लब युनाइटेड बाट सन्दिप बस्नेत,दमक उद्योग वाणिज्य संघ सदस्य चन्द्र खत्री लगायत तिर्थराज बस्नेत ले आ आफ्नो सस्थाको तर्फ बाट शुभकामना मन्तव्य राख्नु भएको थियो र कार्यक्रमको समापन दमक पब्लिक लाइब्रेरी युथ टिम अध्यक्ष बिनोद उप्रेतीले सबैलाई धन्यवाद र शुभकामना दिदै कार्यक्रम समापन गर्नु भएको थियो।










