दमक/ झापाको कमल गाँउपालिका वडा नं. ६ स्थित दहिचोकमा लिङ्गे पिङ लगाउन रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाँइ दीपु र वडाध्यक्ष नरेन्द्र भट्टराइले सहयोग गरेकाछन् ।

नेपालीहरुको महान चाड बडा दशैं तथा दिपावलीमा परापूर्व काल देखि नै राख्दै आएको लिङ्गे पिङ हिजो आज हराउदै गएको पाईएपछि यसलाइ प्रवद्र्धन गर्न सहयोग गरिएको उनिहरुले बताएकाछन् ।

केही बर्ष अघिसम्म दशैँ तिहार जस्ता चाडमा प्राय गाउका विभिन्न ठाउँहरुमा लिङगे पिङ हालिन्थ्यो तर अहिले आएर यो समयमा गाउँगाउँमा खेलिने लिङगे पिङको चलन हराउदै गएको हो।

बाँसको ४ र ६ ओटा लिङगा गाडी पिङ बनाउने गरिन्थ्यो । यसलाइ बनाउन सीप पनि आवश्यक पर्ने बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय