दमक/ हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडा दशै शुभ दिपावली तथा छठ पर्वको अवसरमा दमक पब्लिक लाइब्रेरीको सभाहलमा दशै तिहार विशेष शुभकामना आदानप्रदान गरेको छ ।
दमक नगरपालिकाकी गीता अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा अधिकारीले पठन सस्कृतीको विकासमा लाइबेरीले खेलेको भुमिकाको प्रशंशा गरेकी थिईन ।
रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाइ, दमक जेसिजका अध्यक्ष भीमराज केसी, दमक उद्योग बाणिज्य संघका सदस्य चन्द्र खत्री, लाइबेरी युथ टिमका पुर्व अध्यक्ष दधिराम ढकाल लगायतले शुभकामना राखेको लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिए ।










