भारतको उत्तर प्रदेशको मसानघाटमा जिउँदै गाडिएकी नवजात शिशुको स्थानीय गाउँलेले उद्धार गरेका छन् । जिउँदै गाडिएकी शिशुको गाउँलेले उद्धार गरेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

जन्मे लगत्तै मृत्यु भएकी आफ्नी छोरी गाड्नका लागि गएका स्थानीय एक व्यक्तिले त्यहाँ जिउँदै शिशु गाडेको थाहा पाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नी मृत छोरी पुर्न गएका ती व्यक्तिले गाउँ नजिकैको मसानघाटमा जिउँदै गाडिएको अवस्थामा नवजात बालिका गाडेको फेला पारेका हुन् ।