संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि मानवीय सहयोगसम्बन्धी प्रमुख सल्लाहकार जान एगलान्डले सिरियाका द्वन्द्व प्रभावित प्रमुख गत वर्षको तुलनामा सन् २०१७ मा निकै कम देखिएको बताउनुएको छ ।

बिहीबार जेनेभामा सञ्चारकर्मीसँग कुराकानी गर्दै एगलान्डले भन्नुभयो, सरकार तथा विद्रोहीको घेराबन्दीमा रहेका बाहिरी घेराका मानिसलाई उद्धार गरिए पनि सिरियाली सर्वसाधारणको पीडा सन् २०१७ मा पनि पूर्ववत् अवस्थामा रहेको प्रतिक्रिया दिनुभयो ।

सिरियामा करिब ५० लाख नागरिक द्वन्द्वबाट अति प्रभावित क्षेत्रमा रहेकामा यस वर्ष मानवीय सहायताका लागि त्यहाँ पुगेका सहयोगी संस्थाको उपस्थिति जम्मा पाँच लाख ६४ हजार पीडितले मात्र महसुस गरेका एगलान्डको दाबी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिरियाली सरकार र विद्रोहीले आगामी दुई महिनाभित्र द्वन्द्वबाट अति प्रभावित क्षेत्रबाट मात्रै ३० हजार सर्वसाधारणलाई बाहिर जान दिने सहमति भएको छ । सहमतिलाई आलोचकहरुले जनसाङ्ख्यिक पुनः व्यवस्थापन भनेका छन् ।

एडलान्डले भोकमरी वा द्वन्द्वको प्रभावका कारण सिरियाली नागरिकलाई उनीहरुको घरबाट विस्थापित हुन दिन नहुने बताउनुभयो । रासस÷एपी