पाकिस्तानले कुनै सटिक कारण बिना नै सर्वसाधारणमाथि गोलीबारी गरेको भारतीय सेनाले बयान जारी गर्दै आरोप लगाएको छ । भारतीय सेनाका अनुसार गुन्डीशत गाउँ र तंगधारमा पाकिस्तानी सेनाको गोलीबारीमा परी एक सर्वसाधारणको र तीन नेपाली मूलका जवानको मृत्यु भएको छ । गोलीबारीमा परी तीनजना घाइते भएको जानकारी दिएको छ ।

उक्त गोलीबारीमा हवलदार पदम बहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको बयानमा जानकारी दिइएको छ ।

यस्तै, ५५ वर्षका मोहम्मद सादिक नामका एक सर्वसाधारणको पनि मृत्यु भएको । यसका साथै ७० वर्षका मोहम्मद मकबूल, ५० वर्षका मोहम्मद शफी र २२ वर्षका युसूफ हादिम पनि घाइते भएका छन् ।

भारतीय सेनाको तर्फबाट जारी बयानमा भारतीय इलाकामा चरमपन्थीहरुको घुसपैठका लागि पाकिस्तानले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ ।

यसको जवाफमा भारतीय सेनाले बदलाको कारवाही गर्दै चरमपन्थी इलाकालाई निशाना बनाए । भारतका थल सेना अध्यक्ष जनरल बिपिन रावतले मिडियासँगको कुराकानीमा उक्त कारवाहीमा पाकिस्तानका ६ देखि १० सैनिक मारिएको बताए । यसका साथै चरमपन्थीहरुका तीनवटा शिविर पनि ध्वस्त पारिएको जानकारी दिए ।

बिपिन रावतका अनुसार उक्त कारवाहीमा पाकिस्तान सीमामा ६ देखि १० चरमपन्थी पनि मारिएका छन् ।

उता पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतमाथि बिना कारण नै युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् । गफरले ट्वीटमा भनेका छन्, ‘भारतले कुनै कारण बिना नै जुरा, शाहकोट र नौशेरी सेक्टरमा युद्धविरामको उल्लंघन गर्दै नागरिकलाई निशाना बनाएका छन् ।’

‘हामीले यसको कडा जवाफ फर्काएका छौं । भारतीउय सेनाका ९ जवान मारिए भने थुप्रै घाइते भएका छन् । दुई भारतीय बंकर पनि नष्ट गरिएका छन् । दोहोरो गोलीबारीमा एक पाकिस्तानी सेना र तीन सर्वसाधारणको ज्यान गएको छ र सेनाका दुई जवानका साथै पाँच सर्वसाधारण घाइते भएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah