दमक÷ राप्रपाका अध्यक्ष तथा उपप्रधान एवं स्थानीय बिकास मन्त्री कमल थापाले राप्रपाले जित हासिल गरेका सबै गाँउपालिका र नगरपालिकामा अनिवार्य रुपमा राष्ट्र निर्माता पृथ्बीनारायण शाहको सम्मानका लागि बिशेष ब्यवस्थाहरु गर्ने बताएकाछन् । उनले आफूहरुले जित हासिल गरेका सबै नगर तथा गाँउमा धर्म परिवर्तनलाइ र गौहत्यालाइ पूर्ण रुपमा अन्त्य गर्दै सबै धर्मलाइ समान ब्यवहार गर्ने समेत दाबी गरेकाछन् । झापाको दमकमा शनिबार राप्रपाले आयोजना गरेको जनसभालाइ सम्बोधन गर्दै थापाले आफूहरुले जितेका गाँउपालिका र नगरपालिका तथा यहाँ रहने सबै कार्यालयहरुमा अनिवार्य रुपमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहका फोटाहरु राखिने बताए । यहाँ रहने सबै बिद्यालयहरुले पनि अनिवार्य रुपमा शाहको फोटो राख्न लगाउने जनाए । पुष २७ गते राष्ट्रिय एकता दिवस मनाउने र आफूहरुले जित्ने नगरपालिका तथा गाँउपालिकामा सार्वजनिक बिदा हुने घोषणा गरे । थापाले धर्म परिवर्तनलाइ पूर्ण रुपमा बन्देज लगाउने उल्लेख गरे । गौ हत्या र धर्म परिवर्तन आफूहरुका लागि स्वीकार्य हुनै नसक्ने बताउदै सबै धर्मको संरक्षण गरिने बताए ।
https://youtu.be/DbiubLa5PaQकमल थापाले दमकमा भने-गौ हत्या गर्न दिदैनौ, धर्म परिवर्तन रोक्छौ(भिडियो सहित )
सवाल नेपालसंवाददाताशनिबार, ८ वैशाख २०७४

कमल थापाले दमकमा भने-गौ हत्या गर्न दिदैनौ, धर्म परिवर्तन रोक्छौ(भिडियो सहित )
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



