मधेशी मोर्चाको मागलाइ सम्बोधन गर्ने भन्दै सरकारले चुनाव दूइचरणमा गर्ने अघोषित र अलिखित निर्णय लिएको छ । पहिलो चरणमा बैशाख ३१ गते नै दोश्रो चरणमा जेठको अन्तिम साता निर्वाचन गर्ने सहमति भएको बालुवाटार उच्च श्रोतले बताएको छ । दूइदिन अघि प्रधानमन्त्री एवं माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आकाश र धर्ति खसेपनि निर्वाचन बैशाख ३१ मा नै हुने बताएका थिए । अहिले सरकारका बिभिन्न मन्त्रीहरु पनि कार्यक्रममा त्यहि बताउदै हिडेकाछन् ।
प्रमख प्रतिपक्षिदल नेकपा एमालेले यस बिषयमा आफूहरुलाइ थाहा नभएको र बैशाख ३१ मा नै निर्वाचन हुने जनाउदै आएको छ । अब राजनीतिक कता जाला र अब के होला सबैले चासो पूर्वक हेरेकाछन् ।



