अमेरिका,  अमेरिकामा एक महिला सांसदलाई संसदकै कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन ।

क्यालेफोर्नियाबाट प्रतिनिधित्व गर्ने संसद क्याथिरेल लउरेन हिललाई संसदकै कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेपछि राजीनामा दिएकी हुन । समाचार एजेन्सीले जनाएअनुसार सांसद हिलमाथि पुरुष कर्मचारीसँग सारिरीक सम्बन्ध राखेको र अन्य एक जना महिला कर्मचारीसँग समेत उनको सम्बन्ध रहेको आरोप लागेको छ । ती सांसदको कर्मचारीसँग अफेयर रहेको भन्दै उनीहरुको नाङ्गो तस्विरहरु समेत सार्वजनिक गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सांसदका श्रीमान् केन्नी हिसेल्पसँग उनको डिभोर्सको प्रक्रिया सुरु भएको छ। संसदका कर्मचारीसँग सम्बन्ध रहेको समाचार सार्वजनिक भएसँगै उनले सांसद पदबाट राजीनामा दिएकी छन्। उनले राजीनामा दिँदै भनेकी छन् ‘टुटेको दिलसहित आज कांग्रेसबाट राजीनामा दिने घोषणा गर्दैछु। यो अहिलेसम्मकै मेरो लागि कठिन काम हो, तर मेरो विचारमा यो समुदाय र देशको लागि राम्रो कुरा हो। ’

३२ वर्षीया हिलले लसएन्जलसमा रिपब्लिकनको कब्जा रहेको उत्तर पुर्वी क्यालिफोर्नियाबाट उपनिर्वाचन जितेकी थिईन। उनलाई संसदका विभिन्न महत्वपूर्ण समितिमा जिम्मेवारी दिइएको थियो।