बाराको कलैयास्थित धर्मनगरमा तस्करीको सामान नियन्त्रणमा लिने क्रममा सोमबार बिहान प्रहरी र तस्करबीच झडप हुँदा तीन प्रहरी घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी हवल्दार शेष मशरुल गम्भीर घाइते भएका छन् भने प्रहरी जवानद्धय चन्देश्वर सिंह र जगमोहन राउत सामान्य घाईते भएका छन् । गम्भीर घाइते मशरुलको जिल्ला अस्पताल कलैयामा उपचार सम्भव नभएपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज ल्याइएकोमा थप उपचारका लागि काठमाडौं तैयारी गरीएको छ ।

सीमावर्ति बजार मटिअर्वाबाट भन्सार छलि कपडा र सुर्ती ल्याउँदैगर्दा विशेष सूचनाको आधारमा सामान नियन्त्रणमा लिन पुगेको प्रहरी र तस्करबीच झडप भएको हो । तस्करले स्थानीय गाउँलेको समेत सहयोगमा लाठी, रड लगाएतका घरेलु हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । तस्कर समुहले प्रहरीले बोकेको एक थान सट गन समेत खोसेर लगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतिले जानकारी दिनुभयो ।

झडप भएको कलैया धर्मनगरमा व्यापकरुपमा प्रहरी परिचालन गरी तस्कर समुहको र खोसिएको सट गनको खोजी भईरहेको प्रहरी उपरीक्षक उप्रेतीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah