एजेन्सी
एजेन्सी । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा बिहीबार राती विस्फोटकले भरिएको ब्याग फेला परेको छ ।

यद्यपि, उक्त ब्यागमा आरडीएक्स थियो या आईईडी भन्ने पुष्टि हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

ब्यागमा बाहिर तार निस्किएको भेटिएको थियो । ब्यागलाई अहिले नखोली २४ घण्टाको निगरानीमा कुलिङ पीटमा राखिएको छ ।

प्रहरीका अनुसार टर्मिनल–३ को आगमन प्वाइन्टमा उक्त ब्याग भेटिएको थियो । ब्याग फेलापरेपछि केही समयका लागि मानिसहरुको आवतजावत रोकिएको थियो ।

कालो रङ्गको ब्यागलाई टर्मिनल–३ मा सुरक्षामा खटिएका सीआईएसफका जवानले उक्त ब्याग पहिले देखेका थिए । पछि डग स्क्वाड र एक्सप्लोसिभ डिटेक्टरको मद्दतले त्यसको तलासी लिएको थियो ।

दिल्ली प्रहरीका अनुसार उनीहरुलाई राती १ बजे विमानस्थलमा बम भेटिएको बारे फोन आएको थियो ।

पछि सीआईएसएफको मद्दतले उक्त ब्यागलाई त्यहाँबाट हटाइएको थियो ।

विमानस्थल अधिकारीहरुका अनुसार घटनापछि सीआईएसएफ र दिल्ली प्रहरीको टोलीले पूरै विमानस्थलको जाँच गरेको थियो ।

दिल्ली विमानस्थलमा ३ वटा टर्मिनल रहेका छन् । टर्मिनल ३ बाट घरेलुका साथै अन्तर्राष्ट्रिय सञ्चालन हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर