एजेन्सी/ चीनको गुइयांग शहरकी वू हुयानले आफ्ना भाइको उपचारका लागि पैसा जोगाउनको लागि विगत ५ वर्षदेखि दैनिक २ युआन (नेपाली ३२ रुपैयाँ)मा गुजारा गरिरहेकी थिइन् । उनी भात र खुर्सानी किन्थिन् । धेरैजसो उनी यही खान्थिन् ।

लामो समयसम्म पर्याप्त पोषण नभएका कारण वूलाई यही महिनाको सुरुवातमा सास लिन समस्या तथा छातीमा पीडा हुने समस्या देखिएपछि अस्पतालमा भर्ना गरियो । डाक्टरका अनुसार २४ वर्षकी वूलाई मुटु र मृगौलामा समस्या छ । बीबीसीको समाचार अनुसार ४ फिट ५ इन्चकी वूले पैसा बचाउनको लागि यतिसम्म कम खाइन् कि उनको तौल २० किलो मात्र बाँकी थियो ।

अपतालमा उनी बिरामी हुनुको कारण थाहा खुलेपछि उनको कहानी यो हप्ता अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ । त्यसपछि कैयौं मानिसहरु सहयोगको लागि अगाडि आए । मानिसहरुले वू र उनका भाइको उपचारको लागि लाखौं युआन दान दिए । वूको लागि अहिलेसम्म ८ लाख युआन (१ करोड २८ लाख ७१ हजार नेपाली रुपैयाँ)भन्दा बढी रकम जम्मा भइसकेको छ ।

खासमा मानसिक रुपले कमजोर आफ्ना भाइको उपचार र उनको पढाइको लागि वू पैसा बचाउने प्रयास गरिरहेकी थिइन् । वूले ४ वर्षको उमेरमा आफ्नी आमा गुमाएकी थिइन् भने स्कुले जीवनमा पितालाई पनि गुमाएकी थिइन् । त्यसपछि उनकी हजुरआमाले उनीहरुलाई पालेकी थिइन् । हजुरआमाको पनि मृत्यु भएपछि वूका अंकल आन्टीले उनीहरुलाई खर्चको लागि हर महिना ३०० युआन (४ हजार ५ सय नेपाली रुपैयाँ) मात्र दिन्थे । यो ३०० युआनको अधिकांश हिस्सा भाइको उपचारमै खर्च हुन्थ्यो । खानपिन र अन्य जरुरी चीजहरु किन्नको लागि मुस्किलले थोरै पैसा बच्थ्यो । उनीहरुले यसैमा गुजारा गर्नु पर्थ्यो ।

सामाजिक संजालमा कैयौं मानिसहरुले आफूहरुले वुलाई सहयोग गर्न चाहेको बताएका छन् । केही मानिसहरुले कलेज प्रबन्धनले उनलाई सहयोग नगरेको कुरा पनि गरे । एक प्रयोगकर्ताले लेखे ‘यो स्थिति अफगानिस्तानमा शरणार्थीहरुको भन्दा पनि दयनीय हो ।’ एक अन्यले लेखे ‘चीनले ७० औं स्थापना दिवमा धेरै खर्च गर्यो । यो पैसाको राम्रो प्रयोग हुन सक्थ्यो ।’

सामाजिक संजालमा क्राउड फंडिङ प्लेटफार्मको अपिलपछि वूका शिक्षक र कलेजका साथीहरुले ४० हजार युआन तथा उनको गाउँका मानिसहरुले ३० हजार युआन दान दिए । मिडिया रिपोर्टमा अधिकारिहरुले भने ‘मिस वूलाई सरकारको तर्फबाट प्रत्येक महिना ३०० युआनदेखि ७०० युआनको सक्सिडी प्राप्त थियो । अब उनलाई २० हजार युआनको आपतकालीन सहयोग पनि दिइनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah