दमक/ कमल कटवाल दमकमा युवाहरुमाझ नौलो नाम होईन । ब्यवसायिक होस या सामाजिक क्षेत्र उनको सक्रियता रहेको छ । त्यतिमात्र नभएर कुनै समय एउटा राम्रो खेलाडिको पहिचान बनाएका कटवाल कम बोल्ने स्वभावका रहेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकको एउटा पुरानो क्लव मध्येको ध्रुवतारा स्पोर्टिग क्लवको अध्यक्षको जिम्मेवारी समालेर क्लवको पहिचान संगै दमकको पहिचानलाइ खेलको माध्यमबाट उनले चिनाउन महत्वपुर्ण भूमिका खेलेका युवा हुन् कट्वाल । उनी फुटवल टिममा गोल किपरको भूमिकामा रहेका थिए ।

हाल उनि दमक जेसिजको कानूनी सल्लाहाकार हुन् । खेलकुद, ब्यवसायीक र सामाजिक जिवनलाइ उनले संगसंगै अघि बढाउदै दमकमा एउटा पहिचान बनाउन सफल भएकाछन् ।