एजेन्सी /  एक श्रमितीले आफ्नै श्रीमानलाई मार्नको लागि एक पेशेवर हत्यारालाई सुपारी दिइन् तर ‘सुपारी किलर’कै मन पग्लियो । सुपारी किलरले आफ्ना एक साथीसँग कुरा गरे र आफ्नो शिकारलाई बचाउन भने । यसपछि साथीले पुलिसलाई सूचना दिए । हत्याको निर्धारित समयभन्दा २ घण्टा पहिले श्रीमानको हत्याको सुपारी दिने श्रीमती र उनका प्रेमीलाई पुलिसले गिरफ्तार गरेको छ ।

यो सनसनीपूर्ण घटना भारतको पंजाब प्रान्तको अमृतसर जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ । अमृतसरको सुरता सिंह रोडमा बस्ने नरिंदर कौर डुवारा आफ्नै श्रीमान बख्शीश सिंहलाई मार्न असफल भइन् जब शिकारको बारेमा वास्तविकता थाहा पाएपछि सुपारी किलरकै मन पग्लियो ।

खासमा नरिंदरलाई ऋण लागेको थियो । उनका श्रीमान बख्शीश सरकारी कर्मचारी हुन् । बख्शीश आफ्नी श्रमितीलाई पैसा दिँदैनथे त्यसैले श्रीमती उनलाई मारेर उनको सम्पत्ति हडप्न चाहन्थिन् । यो कामको लागि श्रीमतीले सुपारी किलरको सहायता लिइन् र आफ्नो श्रमिानको हत्याको लागि सुपारी दिइन् । तर, सुपारी किलरले जब शिकारको बारेमा थाहा पाए उनको मन पग्लियो ।

सुपारी किलरले आफ्ना साथीसँग भने कि कुनै तरिकाले यो कुराको सूचना पुलिससम्म पुर्याइदिनु नभए एक निर्दोषको हत्या हुनेछ । सुपारी किलरका साथीले यो कुराको सूचना पुलिसलाई दिए । पुलिसले हत्याको रातभन्दा २ घण्टा पहिले आरोपी पत्नी र उनका प्रेमीलाई पक्राउ गर्यो । पुलिससँग एउटा अडियो रेकर्डिङ पनि छ जसमा सुपारी किलरसँग कुराकानी रेकर्ड छ । महिलाका पति बख्शीश सिंहलाई यसबारे कुनै जानकारी थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय