सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्वको बिषयमा टुंगो लगाएको छ । साविक युवा संघ र साविक वाइसिएलले कुन जिल्ला पाउने भनेर टुंगो लागेको हो । युवासंघले संगठनका सबै तहहरुमा साविकको एक संगठनबाट संयोजक र सहइन्चार्ज हुँदा साविकको अर्को संगठनबाट सहसंयोजक र इन्चार्ज हुने नीतिगत निर्णय गरेको छ । तर साविकका दुवै संगठनको सहमतिका आधारमा कुनै तहका हकमा फरक निर्णय गर्न सकिने पनि उसले जनाएको छ ।

प्रदेश, जिल्ला, महानगर तथा उपमहानगरहरुमा इन्चार्ज तथा सहइन्चार्ज केन्द्रिय समितिका सदस्यहरु रहने निर्णय युवासंघले गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्लाको संगठनात्मक नेतृत्वमा साविकको एक संगठनको नेतृत्व हुँदा महानगर तथा उपमहानगरमा साविकको अर्को संगठनबाट संगठनात्मक नेतृत्व हुने नितिगत निर्णय गर्नुका साथै साथै दुई उपमहानगर भएका जिल्लाहरुमा एक–एक उपमहानगरमा साविकका संगठनहरुले संगठनात्मक नेतृत्व गर्नेछन् । जिल्लाको संयोजक तथा सहसंयोजक १ हप्ताभित्र साविकका संगठनहरुले टुंग्याउने निर्णय पनि भएको छ ।

साथै संयोजक, सहसंयोजक चयन गर्दा साविकका संगठनको बरिष्ठता र सक्रियताका आधारमा चयन गरिनेछ ।

झापामा साविक युवा संघका अध्यक्ष रहेका शम्भु भण्डारी नै संयोजक बन्ने सम्भावाना रहेको छ । उनि युवा संघमा लामो समयदेखि क्रियाशिल रहेकाछन् । जिल्ला सदस्य हुँदै बिभिन्न पदाधिकारी भएर अध्यक्ष बनेका थिए । एकतापछि पनि प्रमुख दाबेदार नै भण्डारी भएको बताइन्छ । माइवारि र माइपारिको राजनीतिका कारण भने बिचमा पार्टीका जिम्मेवार नेताहरु नै बिबाद मच्चाउन लाग्ने अवस्था आउन सक्ने पनि एक नेताले बताएकाछन् ।