एजेन्सी\ इरानको उत्तरपश्चिमी क्षेत्रमा भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ ।शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो ।

स्थानीय अधिकारीले भूकम्पमा परी तीन सय जना भन्दा बढी घाइते भएको जनाएका छन् । ती मध्ये गम्भीर घाइते भएका १३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

इरानको राजधानी तेहरानबाट चार सय किलोमिटर टाढा रहेको क्षेत्र मा भूकम्प गएको हो । अमेरिकी भौगोलिक सर्वेक्षण संस्था (यूएस जियोलोजिकल सर्भे) का अनुसार भूकम्पको केन्द्रविन्दुको गहिराई १० किलोमिटर रहेको थियो ।

भूकम्प गएपछि ४० पटक भन्दा बढी पराकम्पन गएको थियो । भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्ने टोली परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले भूकम्पको केन्द्रविन्दु रहेको ठाँउका ३० वटा घरहरुमा क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय