दमक / पञ्च मुल जगतगुरु श्री कृपालु जी माहाराजको गोलोक गमन माहाप्राणायम दिवसको अबसरमा राधा माधव समिति दमकले हरिगुरु पृतार्थ साधु सन्त सम्मान तथा भोज कार्यक्रम गरेको छ ।
बिभिन्न साधुसन्तहरुलाइ भोजन गराउनुका साथै उनिहरुलाइ सम्मान गरिएको समितिका काशि खातीले बताएकाछन् । यसमा १ सयभन्दा बढि साधकहरुको सहभागिता रहेको पनि उनले जनाए ।
यहि अवसरमा आइतवार सताक्षीधामको गौसलामा रहेका गाईहरुलाइ पनि समितिले गौ सेवा कार्यक्रम अन्र्तगत गाइहरुलाइ बिभिन्न खानेकुरा उपलब्ध गराएको छ । दमकमा बिभिन्न सेवाका कार्यक्रमहरु निरन्तर भइरहेको समितिका रोअित अचार्यले बताए ।












