दमक/ दमक जेसिजको जेसिज सप्ताह कार्यक्रम सम्पन्न भएको छ । केहि बर्ष अघिसम्म जेसिज सप्ताहलाइ जेसिज सदस्यहरु र जेसिज शाखाले आफ्नो पर्वको रुपमा मनाउदै आएपनि पछिल्लो समयमा भने औपचारिकतामा सिमित बन्दै गएको भन्दै पूर्व अध्यक्ष तथा जेसिज अभियान्ताहरुले दुखेसो गर्ने गरेकाछन् ।

दमक जेसिजका अध्यक्ष भीमराज चम्लागाइका अनुसार पर्यटन बर्ष २०२० प्रवद्र्धन र वातवरण संरक्षणका लागि साइकलयात्राबाट जेसिज सप्ताह शुरु गरिएको थियो । ३ दिन अघि ुशुरु भएको सप्ताह आइतवार सम्पन्न भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो बर्ष असल अभिभावकत्व तालिम कार्यक्रम राखेर जेसिजले सप्ताहलाइ गर्विलो बनाएको दमक जेसिजका महासचिम सुयोग खरेलले बताए । ट्राफिक सचेतना, बक्तृत्वकला लगायतका कार्यक्रमहरु भएका थिए ।