दमक/प्रकाश प्रसाई दमकमा एक स्थापित व्यवसायी हुन । दमकमा रहेर व्यवसायमा उनले झण्डै दुइ दशक विताई सकेका छन । उनको व्यवसाय , व्यवसायीक छवि र सामाजिक क्षेत्रको सक्रियता उनलाई झापामा मात्र होईन देशभरनै परिचित रहेको छ । पछिल्लो समय उनि व्यवसाय सगै सामाजिक क्षेत्रमा बढि सक्रिय देखिदै आएका छन ।

साढे चारदशक अघि झापाको दमक १ मा जन्मिएका प्रसाईले २०५४ सालबाट आफ्नो व्यवसायीक यात्रको थालनी गरेका थिए । हिमालय उच्च मावि दमक र सगरमाथा आवाशिय विद्यालय दमकमा विद्यालय स्तरको अध्ययन गरेका प्रसाईले कन्काई कलेज विर्तामोडबाट प्रमाणपत्र तहको अध्ययन पुरा गरे ।

त्रिचन्द्र कलेज काठमाण्डौमा स्नातक तहको अध्ययन गर्दा गर्दै विचैमा छाडेर आफ्नै जन्म थलो आएका प्रसाईले सुरुवातका बर्षमा होटल ब्यवसाय गरे । २०५४ सालमा होटल थालेका उनले त्यस व्यवसायलाई भने लामो समयसम्म निरन्तरता दिन सकेनन । एक बर्ष होटल व्यवसाय गरेपछि २०५५ सालमा विवाह बन्धनमा बाधिएसगै प्रसाईले व्यवसाय समेत छाडे । करिव ४ बर्षपछि पुन उनले जिप गाडीको स्पेयर पाट्स र वर्क सप व्यवसायको सुरुवात गरे ।

प्रसाईले २०६३ सालबाट महेन्द्रा टु ह्विलर्सको व्यापारलाई समेत संचालनमा ल्याए । व्यवसायमा लाग्न र निरन्तरता दिनका लागी वुवा कोमल प्रसाई, आमा सुमित्रा प्रसाई र श्रिमती रेगिना प्रसाईको साथ सहयोग तथा पुराना व्यवसायीकहरु राजु अग्रवाल र माधव पराजुलीको हात रहेको उनि बताउछन ।

लामो समय दमक उद्योग वाणिज्य संघको नेतृत्वमा रहेका उनि नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य समेत बने । २०५३ सालमा दमक उद्योग बाणिज्य संघमा आबद्ध भएका प्रसाई २०५८ सालमा सदस्य पदमा पराजित भए । पराजयलाई सफलताको खुड्किलो मान्ने प्रसाईले २०६० सालमा उद्योग सचिबको जिम्मेवारी प्रप्त गरे ।

२०६२ सालमा महासचिब बनेका प्रसाई २०६४ सालमा अूध्यक्ष पदको निर्वाचनमा पराजित हुन पुगे । तर २०६५ सालबाट दमक उद्योग बाणिज्य संघका अुध्यक्ष बनेका प्रसाइले लगातर तीन कार्याकाल बाणिज्य सघलाइ हाँके ।

व्यवसाय सगै समाजिक काममा समेत सवैका प्रिय प्रसाई समाजमा हुने हरेक समस्याको समाधानका लागी लागीपर्दछन । उनी यि र यस्तै व्यवहारका कारण दमकमा हरेक क्षेत्रमा लोकप्रियछन् । उनी नेपाली काँग्रेस नगर कमिटीमा सचिवको जिमेवारीमा समेत रहेर काम गरेकाछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah