दमक/ झापा दमकका चन्द्र गजमेर ब्यवसायीक र सहकारी क्षेत्रमा एउटा उदाउदो नाम हो ।

उनि सामाजिक क्षेत्रमा पनि सक्रिय रहेकाछन् । दमकको शुभकामना सहकारी संस्थाका अध्यक्ष रहेका उनि बिभिन्न ब्यवसायसंग आवद्ध रहेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनि लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका पुर्व अध्यक्ष पनि हुन् ।

सहकारीताको माध्यमबाट समाजलाइ केहि योगदान दिने र सामाजिक रुपमा समेत काम गर्ने आफ्नो अठोट रहेको उनि बताउछन् ।

उनको अगुवाइमा नै दमकको शुभकामना सहकारी संस्थाले पछिल्लो समयमा राम्रो प्रगती गर्दै आएको छ ।

विपन्न समुदायहरुको आर्थिक उन्नती र प्रगतीका लागि सहकारीको माध्यमबाट सहयोग पुर्याउने आफ्नो उदेश्य रहेको उनि बताउछन् ।

उनले पहाडि जिल्ला धनकुटामा अति विपन्न विद्यार्थीहरुलाइ बार्षिक रुपमा शैक्षिक सामाग्रिसंगै पठनपाठनको ब्यवस्था सहित लत्ताकपडा उपलब्ध गराउदै आएकाछन् ।