https://www.youtube.com/watch?v=BfNTcIA9MB4

दमक/दमकमा ५ बर्षअघिदेखि निर्माणधिन रहेको दमक बसपार्क सञ्चालनमा आएको छ तर प्रवेस द्धार भने  केहि महिनादेखि ढलाइ गर्ने काम भएकाले बसपार्कभित्र सवारी साधनहरु आवतजावतमा समस्या हुदै आएको थियो । यो बसपार्क नेपालको पहिलो अपाङ्गमैत्री बसपार्क भएको बताइन्छ ।

बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष शंकर बस्नेतका अनुसार बिभिन्न चरणमा जनसहभागिता, दमक नगरपालिका र शहरी बिकास डिभिजन कार्यालय इलाको करिब ९ करोडको लागतमा बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको हो । सोमबार देखि बसपार्कमा नै सवारी साधनहरु रोकिन तथा यहाँबाट बिभिन्न ठाँउमा छुटन थालेको उहाँले बताउनु भएको छ ।

दूइबिगाहभन्दा बढि क्षेत्रफल फैलिएको बसपार्क निर्माणको मुख्य काम सकिएकाले बाँकी अन्य कामहरु पनि एकबर्षमा सकिने उहाँले बताउनु भयो । यात्रु प्रतिक्षालय निर्माणको लागि अब केहि समयमा नै ठेक्का लाग्ने प्रक्रियामा रहेको बस्नेतको भनाइ रहेको छ । बसपार्क सञ्चालन भएको र अब अहिले टर्मिनल भवनको पनि काम तिब्र गतिमा भइरहेकाले केहि समयमा अझ ब्यवस्थित हुने उहाँको भनाइ रहेको छ ।

बसपार्क निर्माणमा बिभिन्न चरणहरुमा गरेर अहिलेसम्म ९ करोड रुपिया खर्च भइसकेको र टर्मिनल भवन तथा यात्रु प्रतिक्षालय, शौचालय लगायतका आवश्यक भौतिक निर्माणका कामहरु सकिदा यसको लागत १५ करोड पुग्ने अनुमान निर्माण उपभोक्ता समितिका अध्यक्ष बस्नेतको भनाइ रहेको छ । पूर्व कै नमुना बसपार्कको रुपमा यसलाइ बिकास गरिदै लगेको उहाँको भनाइ छ ।

अहिले बसहरुलाइ अनिवार्य रुपमा बसपार्कबाट मात्र आवतजावत गराउनका लागि प्रयत्न भइरहेको बस पार्क निर्माण उपभोक्ता समितिका चन्द्र खत्रीले बताउनु भयो । बसपार्क ब्यवस्थित नहुदा बसपार्कमा सवारी साधन नै जान नमानेको अवस्थामा अब त्यो समस्या हटेको खत्रीको भनाइ रहेको छ । बसपार्कले गर्दा लामो तथा छोटो दुरीका यात्रूहरुलाइ धेरै सहज हुने अपेक्षा लिइएको खत्री बताउनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah