थाइल्याण्ड- थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्प पछि सानाठूला गरी १ सय भन्दा बढी पटक परकम्प गएको थाइल्याण्डको मौसम विज्ञान विभागले जनाएको छ ।

स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटकसम्म पराकम्पन भएको बताइएको हो ।

महानिर्देशक सोम्साकले ६.४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६.५० बजे गएको जानकारी दिए। भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर