झापाको दमकमा लायन्स क्लब अफ ईस्टर लाइन र लिओ क्लब अफ दमक इस्टर्नको संयुक्त आयोजनामा दात, आखा र सुगर जाच तथा स्वास्थ सचेतना कार्यक्रम गरेको छ । जसमा ३०९ जनाको स्वास्थ जाच, यस मध्ये १२५ जनाको दन्त परिक्षण, २०३ जनाको आखा र २६० को मधुमेह तथा रक्तछाप परिक्षण गरिएको थियो साथै उचित परामर्श सहित औषधि पनि वितरण गरिएको थियो ।

दन्त परिक्षणका लागि ओम शान्ति डेन्टल, आखाको लागि पाथिभरा नेत्रालय र मधुमेह, रक्तचाप परिक्षणको लागि लाइफलाइन अस्पतालको सहकार्य थियो भने सुनौलो फर्माले औषधि वितरण गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा लाइन्स क्लब आफ ईस्टर लाइनका अध्यक्ष तुलशीराम तिम्सिना, एरिया कोर्डिनेटर प्रहर क्षेत्री, कार्यक्रम संयोजक बुद्धि शेखर बजगाईं( विवेक) को उपस्थिति रहेको थियो । रिजन चियर पर्सन राम हन्डर बरालको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रम सचिब राज अग्रवालले कार्यकम संचालन गरेका थिए ।