रतको पञ्जाबमा रहेको मनसामा एक दलित किशोरलाई सुनसान कारखानामा खम्बामा बाँधेर जिउँदै जलाइएको प्रहरीले आइतवार जनाएको छ ।

किशोरको हत्याका आरोपित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित र पीडक दुवै दलित समुदायका व्यक्ति भएको बताइएको छ । घटना शनिवार भएको हो । किशोरको लाश आइतवार फेला परेको हो ।

मनसा प्रहरी चौकीका एसएचओ सुखजीत सिंहले भने, ‘हामीले गरेको अनुसन्धानमा पत्ता लागेअनुसार जसप्रीत सिंहलाई पहिला डोरी लिएर खम्बामा बाँधियो अनि उनीमाथि पेट्रोल छर्किइयो । त्यसपछि उनलाई आगो लगाइयो ।’
जसप्रीतको मृत्यु घटनास्थलमै भयो । हत्याका आरोपित जशन सिंह, गुरजीत सिंह र राजु सिंह तीनैलाई पक्राउ गरेको मनसा एसएसपी नरिन्दर भार्गवले बताए ।

‘जसप्रीतका दाइ कुलविन्दर सिंह जशनकी बहिनी राजो कौरसँग साढे दुई वर्षअघि भागेकी थिइन् र पछि उनीहरूको विवाह भएको थियो । उनीहरू बुधलाडा भन्ने ठाउँमा बस्थे र विवाहपछि मातापिताको घर एकपटक पनि गएका थिएनन् । उनीहरूको एक वर्षीय छोरो छ । जशनको परिवारबाट प्राप्त सूचनाअनुसार, जसप्रीतले जशनलाई विवाहका बारेमा घरिघरि जिस्क्याउने गरेको थियो र कुलविन्दर छिट्टै फर्केर आएर उनीहरूसँग बस्ने बताउने गरेको थियो,’ एसएचओले बताए ।

युवतीको परिवार यस विवाहबाट खुशी नरहेको र विवाहपछि उनीहरूलाई शहर फर्किन नदिएको बताइएको छ । जसप्रीतले लगातार चिढ्याउने गरेकाले शनिवारको घटना भएको हुन सक्ने उनीहरूको भनाइ छ ।

जसप्रीतका पिता सुरत सिंहले शुक्रवार राति जशन र गुरजीत र उनीहरूका साथी राजु घर आएर जसप्रीतलाई कतै लगे । जसप्रीत नफर्केपछि उसको परिवार नजिकैको प्रहरी चौकी गयो अनि प्रहरीले खोजी थाल्यो । जसप्रीतको शरीर चामल कारखानामा भेटियो । पोस्टमोर्टम आइतवार राति गरिएको हो । त्यसपछि शरीरको दाहसंस्कार गरियो ।

दलित संगठनहरूले यो जातिविभेदको घटना नभई जघन्य हत्याको विषय भएकाले अपराधीलाई दण्डित गराउनमा सहयोग गर्ने बताएका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय