काठमाडौं । इराकमा भएको बम विष्फोटमा ६ जनाको मृत्यु भएको छ । राजधानी बगदातमा बुधबार भएको बम विष्फोटमा ६ जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका हुन् ।

बगदातको चर्चित शहर शाबमा तीनओटा बम विष्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एउटा मोटरसाइकल बम विष्फोट भएको थियो । त्यस्तै अर्को विष्फोट अल बैया क्षेत्रमा भएको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विष्फोट कसले गराएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको भएपनि त्यस क्षेत्रमा इस्लामिक स्टेटले हिंसात्मक गतिविधि गराइरहने भएकाले यो घटना पनि उनीहरुले नै गराएको हुनसक्ने अनुमान गरिएको छ ।