जीवन का लागि साथी (friends for life ) फाउन्डेसन कि झापा एड्मिन कस्मिरा राईले आफ्नो जन्मदिनको सु अवसरमा श्री कंचन्जंघा आधारभुत विद्यालय गौरादह ४ मा ७० जना वालवालिका लाई कापी किताब बितरण गरेकी छन।

"आफ्नो जन्मदिनमा हामिले थोरै भए पनि सहयोग गर्ने संस्कार विकास गर्यौं भने त्यसले अरुलाइ पनि उदाहरण मिल्नेछ, सबैले थोरै थोरै मात्र सहयोग गर्न सक्यौं भने समाजको दुख धेरै कम हुन सक्दछ।" उनले उल्लेख गरिन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको FFL फाउन्डेसनले सामाजिक सहकार्यलाइ नागरिक स्तरमै बढावा दिई सबै जनाले मानवता र परोपकार को निम्ति योगदान गर्नु नै मानव हुनुको वास्तविक परिचय हो भन्ने मान्यता लाई आत्मसात गरेको छ।

कस्मिरा राईको यो प्रयासले सबै लाई आफ्नो जन्मदिन जस्ता सु अवसरमा सेवा र परोपकारी कार्य गर्न अभिप्रेरित गर्नसक्छ। उनलाइ जन्मदिनको धेरै धेरै शुभकामना ।