
काठमाडौं । सल्यानको कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी भएका छन् ।
ज्वालाले ७ सय ९२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन । उनका निकटतम प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार खड्क बहादुर बोहरा २ सय ५१ ल्याएका छन् । यस्तै
राप्रपा गोपाल शाहले २१ पाएका छन् । जम्मा ११ सय २४ मत खसेकोमा ६० मत बद्दर भएको थियो । उक्त नतिजा औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ ।



