भारतको छत्तिसगढमा बुधबार सहकर्मीको गोली प्रहारबाट पाँच जना इन्डो-टिबेटियन बोर्डर प्रहरी(आइटिबिपी)को मृत्यु भएको छ।

स्थानीय प्रहरीका अनुसार नारायणपुरस्थित कडेनार क्याम्पको ४५ औं बटालियनमा प्रहरी जवानले एक-अर्कालाई गोली हान्दा पाँच जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक प्रहरी जवानले गोली हानेर चार जनालाई मारेपछि उनलाई पनि गोली हानिएको प्रारम्भिक जानकारी पाइएको प्रहरी प्रमुख सुन्दर राज पीले पीटिआइलाई बताए।