दमक/ दमक र आसपासमा धेरै लायन्सहरु खुलिरहेका बेला एकअर्कामा समन्वय गरेर कार्यक्रमलाइ प्रभावकारी बनाउने काम शुरु भएको छ । डिजि विकको रुपमा लायन्सहरुले बिभिन्न कार्यक्रमहरु मनाउने क्रममा आज झापाको दमक र कमल गाँउपालिकाको पाडाजुंगीमा रक्तदान कार्यक्रम भएको छ ।

लायन्स क्लव अफ स्विट सिटी, लखनपुर र सेविका मिलेर कार्यक्रम आयोजना गरेकाहुन् । स्विट सिटीका अध्यक्ष खेम सापकोटाका अनुसार दमकको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि र कमल गाँउपालिकाको पाडाजुंगीमा भएको रक्तदानमा १ सय ५४ जनाले रक्तदान गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लायन्स क्लव अफ लखनपुरका अध्यक्ष ज्ञानु पौड्यालका अनुसार चर्चित हास्यकलाकार मनोज गजुरेलले दुबै रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । उनका अनुसार लायन्स क्लवहरुबीचको समन्वयका कारण सफलतापुर्वक यति धेरै रगत संकलन भएको हो ।