भारतीय समाजमा महिला असुरक्षा व्याप्त छ । चाहे त्यो भ्रूण हत्याका नाममा होस् वा बलात्कार र त्यसपछि हुने हत्याको कारण ।

सार्वजनिक स्थलमै पनि युवतीहरू निर्धक्क हिंडडुल गर्न असहज अवस्था बढ्दै गइरहेको छ । हालै पनि हैदराबादमा एक पशु चिकित्सकको बलात्कारपछि जलाएर हत्याभएपछि त्यसले उग्र रूप लिइरहेको छ ।

भारतीय जनता मात्रै नभई ‘सेबेल्स’ले पनि घटनाको निन्दा गर्दै अपराधीप्रति आक्रोश व्यक्ति गरिरहेका छन् । यसअघि पनि तमिलनाडुमा एक दलित युवती निर्भयाको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो ।

पशु चिकित्सकको बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर बलिउड अभिनेता सलमान खानले रोष व्यक्त गरेका छन् ।

‘ती मानको रूपमा रहेका राक्षस हुन्,’ सलमानले भनेका छन्, ‘ती निर्दोष महिलाको पीडा र हत्याले हामी सबैलाई बलान्तकारी र हत्याराविरुद्ध एकजुट हुन सघाएको छ ताकि ती सैतानहरूको अब नष्ट गर्न सकियोस् ।’

सलमानले अब फेरि पनि कुनै युवति निर्भया वा पशु चिकित्सकजस्तै विनाकसुर यौन उत्पीडन, बलात्कार वा हत्याको सिकार हुनु र परिवारले पीडा खेप्नु अगावै ती राक्षसहरूलाई खत्तम गर्नुपर्ने धारणा राख्दै थपे, ‘अहिलेको यो समय भनेको त्यस्ता राक्षसहरूलाई थाहा होस् कि यस्ता जघन्य अपराधविरुद्ध हामी सबै एक छौं भनेर ।’

भारत सरकारले समेत पछिल्लो समय बेटी ‘बेटी बचाओ’ अभियानलाई द्रूत रूपमा अघि बढाएको छ । सलमानले यस अभियानलाई सबैले साथ र सहयोग नगर्ने हो भने केवल अभियानमा मात्रै सीमित रहने र घटनाहरू घटिरहनेतर्फ इंगित गर्दै समाजभित्रका बलात्कारीलाई समयमै चिनेर ठेगान लगाउन सबैमा अपिल समेत गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah