दमक/झापाको दमक ७ मा निर्माणाधिन पौड्याल वंशोद्धार केन्द्रिय समितिको निर्माणाधिन भवनलाई पूर्णता दिन पौडेल बन्धुहरुले सहयोग गर्नेक्रम जारी रहेको छ । भवनको पहिलो तला छत ढलान भईसकेको छ ।

भवन निर्माणलाई निरन्तर अघि बढाउनका लागि पौडयाल वंशोद्धार समितिले बन्धहरुसंग सहयोग संकलनलाई आज आयोजित गोठधूप पूजामा पनि निरन्तरता दिएको छ । समितिका नगर अध्यक्ष बुद्धिमान पौडेलका अनुसार पछिल्लो एक साता यता त्यहाँ बन्धुहरुले ५ लाख ७५ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । विर्तामोडका कालिबहादुर पौडेलले संस्थाका नाममा रहेको बैंक खातामा नगद २ लाख रुपैयाँ जम्मा गर्नुभएको अध्यक्ष बुद्धिमान पौडेलले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी दमक ५ निवासी ८३ बर्षिया पवित्रा पौडेलले आज गोठधुपमा सहभागी हुदै नगद ३० हजार रुपैयाँ प्रदान गर्नभएको छ । उहाँले कूल ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको र नगद ३० हजार हस्तान्तरण गर्नभएको हो । भवन निर्माणमा उहाँले छिटटै थप २० हजार रुपैया प्रदान गर्ने बताउनु भएको छ ।

दमक ७ का वडाध्यक्ष समेत रहनु भएका पौडयाल वंशोद्धार केन्द्रिय समितिका संस्थापक अध्यक्ष भिम पौडेलले निर्माणाधिन सो भवनमा सबै बन्धुहरुले थप सहयोग गरेर पूर्णता दिन आग्रह गर्न‘ भएको छ । उहाँकै पहलमा पौड्याल वंशोद्धार केन्द्रिय समितिको भवन निर्माणाधिन छ । पौडेल वंश महासंघका केन्द्रिय अध्यक्ष लोकनाथ पौड्यालले पनि सो भवन निर्माणमा आफ्नो तर्फबाट यस अघिनै एक लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको भन्दै सो भवन निर्माणलाई पूरा गर्न सबै बन्धुहरुलाई सहयोग गर्न सामाजिक सञ्जाल मार्फत आव्हान गर्नुभएको छ ।