दमक/ नेतृत्व गर्छु भनेर कसैले भन्दैमा त्यसले नेतृत्व पाउदैन । नेतृत्व पाएर जसले अपेक्षा पुरा गर्न सक्दैन त्यो सफल नेतृत्व पनि मानिदैन । नेतृत्व गुण बनाउन त्यति सजिलो छैन र त्यो संघर्षबाट बन्छ ।
त्यस्तो एउटा संघर्षले बनेको नाम हो अशोक शंकर । ब्यवसायीक र सामाजिक क्षेत्रमा पुर्वी नेपालमा मात्र नभएर अहिले देश विदेशमा उनको पहिचान विस्तारित छ ।

 

नेपाल जेसीजको अध्यक्षका लागि अहिले नेपालभर जेसीज युवाहरुमाझ गइरहेका अशोक शंकरको पहिचान त्यसै बनेको छैन । उनि मोरंगको पथरी जेसीज संस्थापक अध्यक्ष हुन् । सन् २०११ मा अध्यक्ष भनेका उनि ३ बर्षपछिसन् २०१४ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष बने, सन् २०१८ मा कार्यकारिणि उपाध्यक्ष र २०१९ मा नेपाल जेसीज अध्यक्ष सल्लाहकार बने । उनले यो अवधिमा जेसिज पढे, बुझे र जेसीजमा आवद्ध युवाहरु के चाहान्छन् त्यसलाइ नियाले ।

 

अब उनि पुसको दोश्रो साता हुने नेपाली जेसीजको राष्ट्रिय अधिवेसनका लागि अध्यक्षका प्रमुख दाबेदार हुन् । देशभरका जेसीजहरुको भ्रमणको क्रममा आफुले हौसला र आँट पाएको जनाउदै कसैको पनि विश्वासलाइ कुठराघात नगर्ने उनको अठोट छ ।

 

३८ बर्षिय युवा शंकरले त्यहि भएर आफ्नो नारा नै फेमेलि, फ्रेन्ड, फ्यूचर राखे । झापाको दमक, मोरंगको पथरी र बिराटचोक र सुनसरीको ईटहरीमा लत्ताकपडा सहित शंकर ज्वेलर्स ईन्टरनेशनल सञ्चालन गर्दै आएकाछन् । उनले अष्ट्रेलियामा पनि शंकर ज्वलेर्ष चलाएकाछन् । यो दौरानमा उनि अमेरिका, अष्ट्रेलिया, जापान , कोरिया, फिलिपिन्स , नेदरल्यान्ड , हङकङ लगायतका २ दर्जन बढी मुलक पनि पुगेकाछन् ।

 

जेसीजलाइ युवाहरुको साझा संस्था बनाउदै नेतृत्व विकास, ब्याक्तित्व विकाससंगै आत्मनिर्भरताको बाटोमा लैजान सहयोग पुर्याउने कार्यक्रमहरु ल्याउने उनको योजना छ । अहिले बोलेर भन्दा गरेर देखाउने अठोट उनको रहेको छ । नेपालमा एउटा अनुकरणिय र प्रशंशायोग्य संस्था जेसीजलाइ बनाउने धोको छ, उनि भन्छन् । युवाहरुले हाम्रो साझा संस्था जेसीज हो भन्ने बनाउन आवश्यक छ र यसमा सबैको साथ पाउने विश्वासमा छु, उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय