दमक/ दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य एवं दमकका युवा ब्यवसायी नविनकुमार अग्रवाल लायन्स क्लव अफ दमक गरिमाको संस्थापक अध्यक्ष बनेकाछन् । लायन्स क्लव अफ लखनपुरले स्पोन्सर गरेर नयाँ क्लव बनाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामाजिक कार्यमा सक्रिय रहने उदेश्यले अग्रवाल सहितको सक्रिय युवा ब्यवसायीहरु यस क्लवमा रहेको स्पोन्सर क्लव लखनपुरका अध्यक्ष ज्ञानु पौड्यालले बताए । क्लवको ब्यानर लायन्स लिडर बरजंग थापा, अजय अग्रवाल, धर्मानन्द भट्टराइ, रामचन्द्र बराल लगायतको उपस्थितिमा प्रदान गरिएको छ ।