दमक/ महिलाहरुमात्र रहने गरी झापाको दमकमा नयाँ लायन्स क्लव गठन भएको छ । लायन्स क्लव अफ दमक एक्टिभ गठन भएको हो । लायन्स क्लव अफ लखनपुरको स्पोन्सरमा दमककी महिला ब्यवसायी विन्दा खनालको नेतृत्वमा नयाँ क्लव खुलेको हो ।
यसमा सबै सदस्यहरु महिला रहेकाछन् । लायन्स लिडर अजय अग्रवालले लायन्स क्लवहरुमा महिलाहरुको समेत सहभागिता बढ्दै गएको भन्दै खुसि प्रकट गरे । उनले क्लव सक्रिय रहनेमा आशावादी रहेको जनाए ।










