एजेन्सी । भारतमा फेरी अर्का सेलिब्रटीको निधन भएको समाचार बाहिरिएको छ । भारतीय समाचारहरुका अनुसार भारतकी सेलिब्रिटी तथा टेलिभिजन प्रस्तोता सेफ जगी जोन आफ्नै घरमा मृ त फेला परेकी हुन् । उनी आफ्नै घरको भान्सामा मृ त भेटिएको भारतीय प्रहरीलाई उल्लेख गर्दै समाचारहरुमा जनाइएको छ ।

गत सोमबार साँझ केरलास्थित तिरुवनंतपुरमको आफ्नै फ्ल्याटमा उनी मृ त भेटिएकी हुन्। घरमा आमासंगै रहेकी उनको निधनको खबर भने छिमेकीले प्रहरीलाई गराएका थिए । प्रहरीका अनुसार जोनको श व भान्सा कोठामा फेला परेको हो।

प्रारम्भिक अनुसन्धानका अनुसार उनकी आमा ग्रेसी संगै थिइन् । उनी घरमै रहेको बेलामा छोरीको भान्छा कोठामै अचानक निधन भएको हो । आमाका अनुसार उनकी छोरी जोन भान्साका खाना पकाउँदै थिइन्। उनको निधनबारे भने छिमेकीले पत्ता लगाएका थिए।

छिमेकीले जोनलाई फोन गर्दा नउठाएपछि के भएको रहेछ भनेर खोजन आउँदा उनको निधन भइसकेको थियो । ४५ वर्षीया टिभी प्रस्तोता तथा सेलिब्रिटीले खाना पकाउने कार्यक्रम जगीज कुकबुक बाट नाम कमाएकी थिइन्। उनको शवलाई पोष्टमार्टमका लागि मंगलबार पठाइएको एएनआइले जनाएको छ।

सडकमा मागेर नबस्न कामपाको अनुरोध

काठमाडौँ महानगरपालिकाले सडकमा मागेर गुजारा चलाउनेका लागि बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरु गरेको छ । कामपाले आज नेपाल प्रहरी, मानवसेवा आश्रमसहित सरोकारवालाको साथ लिएर अभियान थालेका हो । कार्यक्रमको पहिलो दिन नयाँ सडकस्थित सङ्कटा मन्दिर, महाङ्काल मन्दिर, भद्रकाली मन्दिरलगायत आसपास क्षेत्रमा माग्न बसेकालाई भेटेर यसरी मागेर नबस्न आग्रह गरेको हो । “सडकमा बसेकामध्ये वास्तविक बेसहारा, अभिभावकविहीन र सडक आश्रित मानिसको पहिचान गर्न सहज होस् भन्नका लागि सात दिने सचेतनामूलक कार्यक्रम चलाएका हौँ”, अभियानका क्रममा महानगरको सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले बताए ।

ती सार्वजनिकस्थलमा दृष्टिविहीनहरु, बिरामीको उपचारका लागि सहयोग माग्ने, महिलासँगै बालबालिका, अपाङ्गता भएका व्यक्ति माग्न बसेका भेटिए । अभियानका क्रममा शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवर, प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहभागी थिए ।

कामपाले गत मङ्सिर २९ गतेदेखि बेसहारा मानव मुक्त शहर बनाउनका लागि सक्रिय रुपमा लागि परेको छ । सडकमा नै मागेर आफ्नो जीनव बिताउनेलाई उद्धार कार्य पनि कामपाले शुरु गरेको छ । मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिलचोकगायत स्थानमा छन् । सडकमा बस्नेहरू ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको बढी रहेको आश्रमले जनाएको छ । उद्धार गरिएकामा बढी पुरुष छन् । ती १६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् ।

मङ्सिर २९ गतेदेखि हरेक राति ८ देखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि कामपा, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ । कार्यक्रम सञ्चालन गरिएको तीन महिनामा ३२ वटै वडामा बेसहारा भई आफ्नो जीवन बिताइरहेकाको उद्धार गर्ने लक्ष्य कामपाको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार शुरु गरिएको बताए । उनले व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्बीर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन पनि समितिलगायत निकायलाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah