दमक/नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी बिरुद्ध लगाईएको मुद्धा खारेज भएको छ । दमक जेसिसका पूर्व अध्यक्ष रहेका अधिकारी नेपाल जेसिसमा बिजय हासिल भएपछि पराजय भएको तथा असन्तुष्ट समुहले धाधलि भएको भन्दै पाटन उच्च अदालतमा मुद्धा हालेको थियो । मुद्धाको कुनै औचित्य र आधार नभएको भन्दै उच्च अदालतले बदर गरिदिएपछि अब अधिकारीले सहज रुपमा काम गर्न पाउने अवस्था आएको हो ।

अधिकारी निर्वाचित भएपछि नभएका बिभिन्न आरोप लगाएर काम गर्न नदिन कोशिस भएको थियो । अधिकारीले जेसिसको मर्म र भावाना अर्थात बिधिको शाषन मर्न नदिनका लागि भनेर अदालतको निर्णयपछि मात्र महत्वपूर्ण काम गर्ने योजनाका साथ बसेका थिए । अधिकारीले अन्तराष्ट्रिय अदालत र उच्च अदालतबाट नै सफाइ पाएको बताउदै बिधिको शाषनको प्रत्याभूत भएको बताए ।

उनले बिधिको शाषन र सत्यको जित भएको बताउदै कसैलाइ पनि भेदभाव नगरि अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने–‘बिधिको शाषनको प्रत्याभूत भएको छ, अब काम गर्ने बाटो खुला भएकाले म सबैलाइ समेटेर नै अघि बढ्नु छु । कसैलाइ भेदभाव गर्ने छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah