सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र स्थानीय तह निर्वाचनमा तालमेलको गृहकार्यमा जुटेका छन् । निर्वाचन आयोगले बिहीबार उम्मेदवारी फिर्ता लिन  समय तोकेपछि दुई दलका नेता केही स्थानमा चुनावी तालमेलको कसरतमा जुटेका हुन् । आजको नागरिक दैनिकमा खबर छ– महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा तालमेका लागि दुवै पार्टीका नेता बुधबार रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेताहरु सम्मिलित छलफल चल्यो ।

प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेलको सम्भावना नरहेको निष्कर्ष निकाल्दै दुवै पार्टीले उम्मेद्वारी फिर्ताको समयअघि केही ठाउँमा तालेमल गर्ने समझदारी बनाएको एक नेताले जानकारी दिए । दुई दलबीच सहमति जुटेको स्थानमा एकअर्कोले उम्मेद्वारी फिर्ता लिनेगरी दुवै दल आन्तरिक छलफलमा जुटेका छन् । दुवै पार्टीले स्थानीय तह निर्वाचनमा सत्ता साझेदारसँग तालमेललाई प्राथमिकतामा राखेर छलफल भइरहेको स्वीकारेका छन् । पहिलो चरणको निर्वाचनमा अधिकांश स्थानमा उम्मेद्वारी दिएको दाबी गर्दै कांग्रेस नेता रमेश लेखकले सत्तासाझेदार माओवादीसँग तालमेलको प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah