उत्तरपश्चिमी जर्मनीको क्रेफेल्ड चिडियाखानामा बाँदरहरू राखेको ठाउँमा बुधवार आगलागी हुँदा दर्जनौं जनावर मारिएका छन् ।

‘लगभग मध्यरातमा लागेको आगोका कारण हाम्रो बाँदर घर ध्वस्त भएको छ,’ चिडियाखानाका निर्देशक वुल्फग्यांग ड्रेसेनले पत्रकारहरूलाई बताए । ‘कहिलेबाट आगो लागेको हो ठ्याक्कै त थाहा छैन तर घर पूरै ध्वस्त भएको छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कम्तीमा ३० जनावरको मृत्यु भएको ड्रेसेनले बताए । क्रेफेल्ड चिडियाखानाको इतिहासमा यो सबभन्दा कठिन दिन भएको उनको भनाइ छ ।

आगलागीको कारणको पुष्टि हुन सकेको छैन तर स्थानीय प्रहरीले यसका केही संकेत पाइएको जनाएको छ ।

क्रेफेल्ड प्रहरी अनुसन्धानकर्मी गर्ड होपम्यानले हवाई लालटिनहरू चिडियाखाना नजिकै निकै तलतल उडेको र शायद भुइँमा खसेको अनुमान छ ।

यी लालटिनहरू नर्थ राइन–वेस्टफालिया राज्यमा सन् २००९ देखि प्रतिबन्धित छन् किनकि तिनबाट आगलागीको सम्भवना प्रबल रहन्छ । प्रतिबन्धको उल्लंघन गर्नेलाई हजार युरोसम्मको जरिवाना लगाइन्छ ।

आफूहरूले आगो लगाएको हुनसक्ने धेरै मानिसले प्रहरीलाई बताए । प्रहरीले उनीहरूलाई सोधपुछ गरेर उनीहरूको भनाइको सत्यतथ्य जाँचिरहेको छ । सीएनएनबाट