सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा एक कम्पनीका सीईओ चेन पीवेन लामो आयूका लागि टिप्स दिइरहेका छन् ।
लामो आयूको टिप्स दिने व्यक्ति नै मञ्चमै ढलेको भिडियो भाइरल भइरहेको छ । चीनमा कार्यरत एक स्वास्थ्य कम्पनीका ६५ वर्षीय सीईओ भीडभाड भएको कार्यक्रममा स्वास्थ्य सम्बन्धी टिप्स दिइरहेको भिडियोमा देखिन्छ ।
कार्यक्रममा सहभागीले उनीबाट केही सिक्न टिप्स सुनिरहेका थिए तर उनी आफैं स्वास्थ्यमा समस्या भएर ढले । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलमा प्रकाशित समाचारअनुसार हृदयघात भएपछि उनी मञ्चमा ठोक्किएका थिए । हृदयघातले उनको त्यही मृत्यु भयो ।
https://twitter.com/RFA_Chinese/status/1209417524204277760










