नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशमा मुख्य सहरहरुमा माओबादी केन्द्रसँग कांग्रेसले गरेको चुनावी तालमेलमा गम्भीर असहमती प्रकट गरेका छन् ।

उनले भरतपुरमा कांग्रेसनै पहिलो शक्ति भइरहेको अवस्थामा माओबादी अध्यक्षकी पुत्रीलाई चुनाव जिताउनको लागि यस्तो तालमेल गर्दा यसको परिणाम गम्भीर आउने भन्दै सचेत बन्न आग्रह गरेका छन् । उनले सभापति देउवालाई चुनावी तालमेलको उक्त निर्णय तत्काल सच्याउनको लागि समेत अनुरोध गरेका छन् । साथै उनले आफ्नो पक्षको उम्मेदवारको टिकट नखोस्न भन्दै देउवालाई  कडा चुनौती दिएका छन् ।

तालमेलको बिरोध भएसँगै कांग्रेसमा फेरी गुटगत राजनीति देखिएको छ । पौडल पक्षले भने कुनैपनि प्रतिक्रिया दिएको छैन । काठमाडौं र पोखरा दुई वटै महानगरपालिकामा पौडेल पक्षका उम्मेदवारले टिकट पाएका छन् ।
चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार बनेका दिनेश कोइरालालाई ब्याक गराउँदै माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाललाई सहयोग गर्ने निर्णय भए लगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । कांग्रेस चितवनले पनि उक्त निर्णयको विरोध गर्दै मतदातालाई रुख चिन्हमै मतदान गर्न अनुरोध गरेको छ ।

कोइराला कांग्रेस नेता कृष्ण सिटौला पक्षका नेता हुन् । कांग्रेस र माओबादी बीच काठमाडौं र पोखरामा माओबादीले कांग्रेसलाई सघाउने र कांग्रेसले चितवनमा माओबादीलाई सघाउने निर्णय भएको थियो ।

यसैबीच केन्द्रमा तालमेलको निर्णय भएसँगै चितवनमा नेपाली कांग्रेसले चक्का जाम गरेको छ । पार्टी कार्यालय समेत घेराउ गरेको छ । कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाको पुत्ला समेत दहन गरेका छन् ।

उम्मेदवार कोइरालाले आफूले कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने प्रतिक्रिया समेत गरेका छन् । चितवनमा मोआबादीले प्रचण्डपुत्री रेणुलाई मेयरको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah