अस्ट्रेलियामा लागेको आगलागीका कारण ५० करोड जनावरको ज्यान गएको छ। गत सेप्टेम्बर महिनायता जारी झाडीमा लागेको आगलागी हाल झन भीषण बन्दै अनियन्त्रित अवस्थामा पुगेको छ।

३ महिनायता जारी आगलागीले झन्डै ५० करोड जनावर मरेपछि केही जनावर लोप हुने खतरा रहेको युनिभर्सिटी अफ सिड्नीलाई उदृत गर्दै सीएनबीसीले जनाएको छ। हालसम्म आगलागीले २५ जना मानिसको ज्यान गएको छ। २५ सय घर जलेर नष्ट भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगलागीले ८ हजार कोअलाको ज्यान गएको बताइएको छ। कोअलाको लोप हुने खतरामा रहेको जनाइएको छ। कोअलासँगै अति नै दुर्लभ मानिएको सानो मुसा मार्सुपियल पनि लोप हुने अवस्थामा पुगेको छ। यस्तै युरोपेली मुसा डुनार्ट्स पनि लोप हुने खतरामा छ।

आगलागीले अनगिन्ती किरा, फट्याङ्रा, कंगारु, हरिण, मृग, स्याल, चराहरु मरेको जनाइएको छ। अस्ट्रेलियाका सबैजसो राज्यमा आगलागी जारी छ। सबैभन्दा बढी आगलागी न्युसाउथ वेल्समा लागेको छ। त्यहाँ सबैजसो राज्यको तापक्रम ४० डिग्री पुगेको छ। आकाश पुरै रातो देखिएका छन्। न्युसाउथ वेल्समा ७ दिनका लागि संकटकालको घोषणा गरिएको छ। नेपाल खबर बाट साभार