एजेन्सी/ वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शीर्ष जनरल कासिम सुलेमानीको हत्याको आदेश दिएका थिए । यस्तो अवस्थामा इरानले विश्वकै शक्तिशाली सेनासँग कसरी प्रतिकार गर्ला भन्ने सवाल गर्न थालिएको छ । इरानले जनरलको मृत्युको शोक मनाइरहेका बेला दुवै मुलुकका अधिकारीहरूले कठोर चेतावनी जारी गर्दै आएका छन् । शुक्रबार दुवै मुुलुकका सैन्य शक्ति र गठबन्धनलाई उच्च सतर्कतामा राखेका छन् ।

सैन्य वरियता वेबसाइट ग्लोबल फायर पावरका अनुसार अमेरिका विश्वकै शक्तिशाली सेना भएको मुलुक हो । यो मामिलामा विश्वका १ सय ३७ मुलुकको वर्गीकरणमा इरान १४ औं स्थानमा रहेको छ ।

यद्यपि इरानको बलियो क्षेत्रिय वैकल्पिक नेटवर्क र गठबन्धनले अमेरिकी निशानामा ठूलो चुनौती सिर्जना गर्न सक्छ र दुई मुलुकबीचको बढ्दो तनावमा प्रमुख भूमिका निर्वाह गर्न सक्छ ।
इरानको तुलनामा अमेरिका ठूलो अन्तरले शक्तिशाली मुलुक हो भन्ने विषयमा कुनै दुईमत छैन । यद्यपि कुर्दस फोर्सले नेतृत्व गरेको इरानको वैकल्पिक शक्तिले अमेरिकालाई अप्ठेरोमा पार्न सक्छ । यो फोर्स इस्लामिक रिभोलुसनरी गार्ड कर्पसको शाखा हो । यो १९७९ मा स्थापना भएको थियो । तर, अमेरिकासँग इरानको तुलना कसरी हुन्छ ? इरानसँग ५ लाख २३ हजार सक्रिय सेना, नेभी, एयर फोर्स र इस्लामिक रिभोलुसनरी गार्ड कर्पस (आइआरजीसी) रहेको छ ।

तर, यो देशको जनसंख्या ८ करोड ३० लाख छ । यसले आवश्यक भएको खण्डमा थप जनशक्ति परिचालन गर्ने क्षमता राख्छ । इरानको प्रतिरक्षा बजेट ६.३ अर्ब डलर छ । अमेरिकाको रक्षा बजेट वार्षिक ७ सय १६ अर्ब डलर छ । यसको ८ हजार ५ सय ७७ लडाकु ट्यांक, रकेट प्रोजेक्टर, सेल्फ प्रोपेल्ड हतियार रहेका छन् । हवाई शक्तिमा सबै विमान र हेलिकप्टर गरेर ५ सय १२ वटा छन् । यो मुलुकमा ३ सय ९८ जहाज छन् । इरानसँग हाल १२ अपरेसनल मिसाइल रहेका छन् । यो पनि अधिकांश छोटो र मध्यम दूरीका रहेका छन् । केही संख्याका मिसाइलहरू अझै पनि विकासकै क्रममा रहेको मिसाइल थ्रेटले जनाएको छ ।यद्यपि अमेरिकी रक्षा विभागका अनुसार इरानको मिसाइल फोर्स मध्यपूर्वकै ठूलो हो ।

अमेरिकाको शक्ति भने विश्वकै ठूलो रहेको मानिँदै आएको छ । यो मुलुकको सक्रिय सेनाको संख्या १२ लाख ८१ हजार ९ सय छ र अतिरिक्त १४ करोड ४८ लाख ७२ हजार ८ सय ४५ उपलब्ध जनशक्ति छ । अमेरिकाको रक्षा बजेट नै ७ सय १६ अर्ब डलरको छ । इरानको तुलनामा थोरै मात्र मिसाइल भए पनि यी सबै अत्याधुनिक छन् । अमेरिकाका यी मिसाइलहरूमा ट्रिडेन्ट डी–५ र अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) रहेको मिसाइल थ्रेटले जनाएको छ ।

अमेरिका र रूससँग संयुक्त रूपमा विश्वकै ९० प्रतिशतभन्दा बढी परमाणु वारहेड रहेको विश्वास गरिँदै आएको छ । अमेरिकासँग विश्वकै ठूलो हवाई र सामुद्रिक सेना छ । यो मुलुकसँग ४८ हजार ४ सय २२ लडाकु ट्यांक, रकेट प्रोजेक्टर, सेल्फ प्रोपेल्ट आर्टिलरी, लडाकु वहान रहेका छन् । हवाई शक्तिमा हाल अमेरिकाको १० हजार १ सय ७० सेना र ४ सय २५ नेभल फोर्स रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय