दमक जेसीजको यहि शनिवार ३९ औं बार्षिक साधारणसभा हुदै छ । साधारणसभाले दमक जेसीजको वर्ष २०२० को नेतृत्व चयन गर्ने जनाईएको छ । नयाँ नेतृत्व चयन गर्न पूर्वअध्यक्ष गोविन्द राज कट्टेलको संयोजकत्वमा एक निर्वाचन समिति समेत गठन गरि काम थालिएको अध्यक्ष भीमराज केसीले जानकारी दिए ।

निर्वाचन समितिले यहि पुस २६ गतेदेखि २८ गतेसम्म निर्वाचन कार्यक्रम सम्बन्धी सूचना समेत सार्वजनिक गरिसकेको निर्वाचन आयुक्त कट्टेलले वताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन कार्यक्रम अनुसार जेसीज सचिवालयमा २६ गते दिउसो २ वजेदेखि शुरु भई साँझ ६ ः३० वजेसम्म निर्वाचन कार्यक्रम अन्र्तगत उम्मेदवार मनोनयन, दावी विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने छन् भने २७ गते उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली, उम्मेदवार तालिम, उम्मेदवार अन्तवार्ता तथा अन्तरकृया लगायतका कार्यक्रम हुने आयुक्त कट्टेलले जनाएका छन् ।

त्यस्तै, २८ गते विहान ११ वजेदेखि कस्मिक पार्टी प्यालेसमा ककस र दिनको १ः३० देखि ३ वजेसम्म मतदानसहित घोषणा कार्यक्रम हुने जनाईएको छ । निर्वाचनबाट अध्यक्षसहित कार्यकारिणी उपाध्यक्ष दुई, उपाध्यक्ष ४, जनसम्पर्क अधिकारी १ र तालिम निर्देशक १ गरि ९ जना निर्वाचित हुने छन् । निर्वाचित अध्यक्षले महासचिवसहित ५ जना मनोनित गर्ने जनाईएको छ ।